ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाले जिल्लाका इन्चार्ज र सह-इन्चार्ज तोक्यो (नामावलीसहित)

नेपालगाथा २०७६ श्रावण ५ गते आइतबार १८:३८:५८ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ नेकपाले ६ महानगरपालिकासहित सबै जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह-इन्चार्जहरुको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले जिल्ला कमिटी सरह नै मान्यता प्राप्त ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ ।

आइतबारको बैठकले विभाग भने गठन गर्न सकेन। विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणकाे टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन: सचिवालय बैठक बोलाइएको उनले बताए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। विभाग गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत विषयमा छलफल गर्न भन्दै आइतबार अपराह्न नेकपा सचिवालय बैठक बसेको हो।

महत्वपूर्ण विभाग शीर्ष नेतालाई दिने समझदारी नेकपाभित्र बनिसकेको छ। संगठन विभागको प्रमुखमा वामदेव गौतम, विदेश विभागको जिम्मेवारी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले पाउने लगभग पक्कापक्की भइसकेको नेताहरुले बताएका छन्। तर, आर्थिक विभाग, स्कुल र प्रचार विभागको भने टुंगिन बाँकी छ।
स्कुल विभागमा तत्कालीन एमालेका ईश्वर पोखरेल र माओवादी केन्द्रतर्फका नारायणकाजी श्रेष्ठको दाबी रहेको स्रोत बताउँछन्। आर्थिक विभागमा महासचिव विष्णु पौडेल आकांक्षी देखिएका छन् भने प्रचार विभागमा माओवादी पक्षले लिने समझदारी भएको छ। प्रचारमा नेतृ पम्फा भूसाल अघि सर्ने देखिएकी छन्।

नेकपाको ३२ विभाग रहनेछन्। पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा विभाग लिने समझदारी भइसकेको छ।

हेर्नुहाेस् नेकपाका ७७ वटै जिल्लाका इन्चार्ज र सह-इन्चार्जहरुकाे नामावली

प्रतिक्रिया

सम्बन्धित खवर

Top