होमपेज / राजनीति
नेकपा जिल्ला सदस्य उपभोक्ता समितिमा बस्न नपाउने नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुर्खेत जिल्ला कमिटीको सपथ कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेकपाका जिल्ला कमिटीका सदस्यहरुलाई पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेलले सपथ ग्रहण गराएका हुन् ।
सपथ पछि बसेको नेकपा सुर्खेतको जिल्ला कमीटीको बैठकले साउन महिनाको १५ गते भित्र स्थानीय स्तरमा र साउन महिनाको मसान्त भित्रमा वडापालिका सम्ममा एकीकरण सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्ला कमिटी बैठकले ७ जनाको जिल्ला कार्यालय मध्ये ४ सदस्यको टुङ्गो लगाएको छ ।
जिल्ला अध्यक्ष ध्रुवकुमार शाही र सचिव कृष्ण बहादुर जिसीको साथै मोहन बडुवाल र टोप बहादुर राष्कोटी मगरलाई जिल्ला कार्यालयमा बैठकले चयन गरेको छ । बैठकले पूर्व एमाले र माओवादी केन्द पार्टीको नाममा रहेको सम्पत्ति र आर्थिक अभिलेख सबै एकीकरण गर्ने निर्णय गरेको नेकपा सुर्खेतका जिल्ला सचिव कृष्ण बहादुर जिसीले जानकारी दिनुभएकाे छ ।

यसै गरी बैठकले जिल्ला कमिटी सदस्य कुनै पनि विकासका आयोजनाको उपभोक्ता समितिमा बस्न नपाउने निर्णय गरेको छ । बैठकमा सहभागी जिल्ला सदस्यहरुले पार्टी कमिटीलाई एकताबद्ध गरेर लिनु पर्नेमा जोड दिएका छन् ।