होमपेज / राजनीति

नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव संकलन

नेपाल गाथा २०७६ असार १० गते मंगलबार १४:३२:५२ मा प्रकाशित

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम र बजेट ल्याउँनका लागी सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । छलफल कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्माले प्राविधिक शिक्षा, मोटरबाटो स्तरोन्नती, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई प्राथमिकता दिन आग्रह गनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सुपादेउराली आएका पर्यटकलाई अर्घा भगवती सम्म ल्याउनुपर्ने, पाणिनी क्याम्पसको स्तरोन्नती, व्यवस्थीत सहरी भवन, बसपार्क व्यवस्थापन, आवश्यक वडामा हेलीप्याड निममार्ण, शुसासन र पारदर्शितामा ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले सदरमुकाम सन्धिखर्कमा भित्रने नाका धेरै भएकाले सिसी टिभी क्यामरा जडान गर्नुपर्ने, विपत व्यवस्थापनका आवश्यक सामाग्रीहरु राख्नुपर्ने सुझाव दिए । 
कार्यक्रममा सुझाव राख्नेहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालनलाई प्राथमिकता दिन आग्रह गरे । त्यस्तै सन्धिखर्कका किमडाडाँ, पकले, कुर नुवाकोट, चुत्रावेशी अर्घा मोटरबाटो पिच गर्नुपर्ने, फोहरमैला व्यवस्थापन गर्ने, औषधी अभाव हुन नदिने, डोजरका कारण पानिका मुल सुक्दै गएकाले पानीका मुहान संरक्षणमा ध्यान दिन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, अर्घाखाँचीका वरिष्ठ उपाध्यक्ष नेत्र भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, पुर्व शिक्षक धर्मराज बन्जाडे, हरि भुसाल, अन्तरपार्टी महिला सञ्जालका सचिव शुसिला गैरे, गैरसरकारी संस्थाका ठाकुर अधिकारी, राजमोका जिवनारायण खनाल, नेकपाका शिव अधिकारी, कानुनी सल्लाहकार जगन्नाथ भुसाल, केवी भुसाल, यज्ञ भुसाल, सिता श्रेष्ठ, शारदा भट्टराई, श्याम भुसाल, नारायण बन्जाडे लगाएतले सुझाव दिएका थिए । 
सुझाव दिएका व्यक्तीहरुलाई धन्यवाद दिदै समृद्ध नगर बनाउँनका लागी सरोकारवालाहरुले दिएको सुझावलाई मनन गर्दै अगाडी बढ्ने सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताउनुभयो । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत र शाखा अधिकृत गोविन्द केसीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top