होमपेज / राजनीति

प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

नेपाल गाथा २०७६ असार १ गते आइतबार १२:२९:३९ मा प्रकाशित

काठमाडौं । साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन्। उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पाेखरेल लगायत विमानस्थल पुगेका थिए। फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै त्यहाँबाट हिजो काठमाडौं प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका छन्। शनिबार जेनेभामा नेपालका राजदूतलगायत अन्य उच्च पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेका र्थि। यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए।

समारोहपछि सोही दिन बेलायत प्रस्थान गरेका प्रधानमन्त्री ओलीले त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रमलाई स्म्बोधन गरेका थिए। बेलायतमा रहँदा समकक्षी टेरेजा मे र राजकुमार चार्ल्ससँग पनि उनले भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top