होमपेज / राजनीति

नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान समापन

नेपाल गाथा २०७६ जेठ २५ गते शनिबार १७:३९:२० मा प्रकाशित

नेपाली काँग्रेसले संञ्चालन गरेको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान समापन भएको छ। गत बैशाख २५ गतेदेखी सुर्खेतसहित देशभर शुरुभएको पहिलो चरणको अभियान आज समापन भएको छ। सुर्खेतका ९ वटै स्थानियतहरुमा अभियान संञ्चालनपछि आज पार्टीकार्यलय सुर्खेतमा अभियानको समापन गरिएको हो। समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जागरण अभियानले काँग्रेस भित्र उत्साह थपिएको बताएका छन।

उनिहरुले अभियानले पार्टीभित्र देखिएको मनमुटाबलार्इ अन्त्य गरेको भन्दै अव संगठन निर्माण सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका छन। नेताहरुले यो अभियानले काँग्रेसमा नयाँ शन्देशको आशा पलाएको भन्दै अव शसक्त भएर अगाडी बढ्न् नेतृत्वलार्इ आग्रह गरेका छन। सुर्खेतका विभिन्न ठाँउबाट बीरेन्द्रनगरमा आएका नेताहरुले भावनात्मक रुपले अगाडी बढे अर्को निर्बाचनमा काँग्रेसलार्इ कसैले पराजित गर्न नस्कने ठोकुवा गरेका छन।

उनिहरुले गाँउमा जनता एकजुट भएको तर नेताहरु गुटउपगुटमा लाग्दा पार्टी कम्मजोर बन्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि जीबनबहादुर शाहीले जागण अभियान पछि काँग्रेसमा जागरण पलायको बताउनुभयो।

उहाँले दुर्इतिहार्इको दम्बको नाममा सरकार मनमपरीरुपमा अगाढी बढेको भन्दै अव काँग्रेस जुरुमुराउने बेला आएको बताउनुभयो।बार्इट १ उहाँले पाटी भित्र भएका कमी कम्मजोरीलार्इ सुधार गरेपछि काँग्रेस भविष्य भएको भन्दै संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालार्इ आग्रह गर्नुभयो।

कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षदलका नेता समेत रहनुभएका शाहीले वर्तमान सरकार जनता आधारभुत आबश्यता पुरागर्न छोडेर भाषणमा रुमलिएको आरोप लगाउनुभयो। बार्इट उहाँले काँग्रेसले गरेको राम्रो कामको प्रचारप्रशारण गर्ननस्कदा त्यसको फार्इदा विपक्षले बताउनुभयो।

कार्यक्रममा नेपाली काँग्रेसक भातृतथा शुभेच्छुक संस्था प्रतिनिधिहरु,क्षेत्रिय सभापतीहरु, लगायतका नेताहरुले सम्बोधन गरेका हुन। कार्यक्रम नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीको सभापतित्तमा सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top