होमपेज / राजनीति

मेयर द्धारिका चौधरीले ताेके नाककाे मुल्य करोड

नेपाल गाथा २०७६ जेठ २२ गते बुधबार १३:३३:५५ मा प्रकाशित

काठमाडौँ । सुनसरीका पत्रकार विराट अनुपम र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिका चौधरी यतिखेर चर्चामा रहेका छन् । अझ चर्चा त उनीहरूको बीचमा भएको संवादको भैरहेको छ । मेयर चौधरी पछिल्लो समय अशिष्ट अभिव्यक्तिका कारण विवादित बनिरहेकै थिए । झन पछिल्लो पटक उनले पत्रकार विराट अनुपमको नाकको डाँडी भाच्ने र त्यसका लागि एक करोड खर्च गर्ने अभिव्यक्ति दिएपछि उनी थप विवादित बनेका छन ।

द्धारिकालाई चिन्नेहरूले उनको आक्रोश अभिव्यक्ति भएको र त्यो पित पत्रकारिता  र भ्रष्टाचारविरूद्ध भएको बताइरहेका छन । यद्पी पदमा रहेको व्यक्तिको असुहाउँदै अभिव्यक्ति भनेर आलोचना समेत भैरहेको छ । अनुपमको सामाजिक सञ्जालमा समेत अनावश्यक प्रतिक्रिया जनाउँदै आएका मेयर चौधरीले पछिल्लो समय फोनमा धम्की दिदै नाक भाच्नका लागि १ करोड रूपैया छुट्टयाइएको चेतावनी पनि दिएका हुन ।

उनले फोन गर्दै भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाच्‍न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु ।’ केही समयअघि कर्मचारीमाथि हातपात र पत्रकारलाई अभद्र व्यवहार गर्दै आलोचित मेयर चौधरी काठमाडौंमा बस्दै आएका छन् । चाैधरीको पछिल्लो अभिव्यक्तिलाइ लिएर नेकपाभित्रै चर्को अालोचना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top