ट्रेण्डिङ

होमपेज / राजनीति

'मिडियाले गलत व्याख्या गर्‍यो': पुष्पकमल दाहाल

नेपालगाथा २०७६ जेठ १८ गते शनिबार १६:१२:२८ मा प्रकाशित

सुनसरी । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकीकरणताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको दाबी गरेका छन् । धरानमा किरात राई यायोक्खा सुनसरीद्वारा आयोजित साकेला उभौलीको समापन आएका दाहालले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मिडियाले लेखिदिएका र प्रसारण गरिदिएका गलत व्याख्याको पछि नलाग्न आग्रह गरे ।

उनले नेकपाका दुई अध्यक्षबीचमा जोसुकैले पनि ५ वर्षसम्मै प्रधानमन्त्री चलाउन सक्ने बताएका छन् । प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओली भारत भ्रमणमा रहेका बेला दाहालले पूर्व सहमतिअनुसार नै ओलीले प्रधानमन्त्री पद आफूलाई सुम्पिने आशय व्यक्त गरेका थिए । त्यससँगै तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरण भएको अघिल्लो दिन गत वर्षको जेठ २ गते दुवै अध्यक्षले समान अवधिमा आलोपालो प्रधानमन्त्री बन्ने गोप्य दस्तावेज बाहिरिएको थियो ।

धरान-१५ बाझगरास्थित इजिराइडर्सस्थित आयोजित अगुवा कार्यकर्ता भेलामा पाँच मिनेट बोल्दै उनले भने, 'पार्टीको निति, सिद्धान्तका विषयमा विस्तृत कुरा बुझेरमात्रै धारणा बनाउन मेरो आग्रह छ ।' सुनसरीभरीका अगुवा कार्यकर्ता भेलामा उनले पार्टी एकीकरणमा गर्न बाँकी केही विषयलाई दुई दिनभित्रमा टुंग्याउने दाबी गरे । कान्तिपुरबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top