ट्रेण्डिङ

होमपेज / राजनीति

जनताबीचमा सम्बन्ध सुधार गर्न नसके पार्टी झन् कमजोर हुने : कांग्रेस नेता सिंह

नेपालगाथा २०७६ जेठ १८ गते शनिबार १५:१०:२१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताबीचमा सम्बन्ध सुधार गर्न नसके पार्टी झन् कमजोर हुने टिप्पणी गरेका छन्। रौतहट–काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा उनले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताए। ‘अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व कांग्रेसले पूरा गरे पनि जनताले किन कांग्रेसलाई विश्वास गर्न सकेन?’, उनले भने। पार्टीका पूर्व महामन्त्री सिंहले पार्टीले विधि र विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दी आफूखुशी निर्णय गर्दै जाँदा पार्टी झन् कमजोर हुँदै गएको बताए।

पार्टी विधिसम्मत् रुपमा अगाडि नबढे गुट मौलाउँदै जाने उनको भनाइ थियो । उनले पार्टीलाई सङ्घीय स्वरुपमा लान नसक्दा जागरण अभियानमा उत्साह नआएको उल्लेख गरे। पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले सङ्घीयता कमजोर पार्न खोजेको आरोप लगाए। सरकारले भर्खरै प्रस्तुत गरेको बजेट सङ्घीयता मजबुत बनाउने खालको नभएको उनको जिकिर छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top