ट्रेण्डिङ

होमपेज / राजनीति

दिल्लीमा ओली र मोदीबीच भेटवार्ता

नेपालगाथा २०७६ जेठ १७ गते शुक्रबार १४:०८:५९ मा प्रकाशित

काठमाडौँं  । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । मोदीको दोस्रो कार्यकालको सपथ समारोहमा भाग लिन पुगेका ओलीले समकक्षीसँग शुक्रबार दिउँसो भेटवार्ता गरेका हुन् । मोदीको सपथ समारोहमा प्रम ओली बिहीबार छिमेकी राष्ट्रको अतिथिकारुपमा सहभागी भएका थिए । मोदीले बिहीबारै ५८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।

हैदरावाद हाउसमा करिब आधा घण्टा भएको भेटका क्रममा ओलीले मोदीलाई दोस्रो कार्यकाल सफलताको शुभकामना दिएका थिए । त्यस क्रममा मोदीले दुई देशबीचको सदियौँदेखिको सम्बन्धलाई अझै मजबुत बनाउँदै नजिकमा रहेर काम गर्न चाहेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिसकुमारबाट दुई नेताबीच सदियौँदेखिको दुई र जनताबीचको सम्बन्धलाई अझै उचाईमा पुर्‍याउनेबारे वार्तामा कुरा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top