ट्रेण्डिङ

होमपेज / राजनीति

मोदीको निम्तामा प्रधानमन्त्री ओली दिल्ली जाँदै

नेपालगाथा २०७६ जेठ १६ गते बिहीबार ११:२५:३८ मा प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारतको औपचारिक भ्रमणमा जान लागेका छन् । नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो एक बजेर ३५ मिनेटमा दिल्लीको लागि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । 

भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सपथका कार्यक्रममा सहभागी हुन ओली २८ घण्टाका लागि दिल्ली जान लागेका हुन् । दोस्रो कार्यकालका लागि मोदीले बिहीबार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले राष्ट्रपति भवनमा सपथग्रहणको कार्यक्रम तय भएको जानकारी दिएका छन् । उनका अनुसार सपथग्रहण कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top