होमपेज / राजनीति
काठमाडौं । १२औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ। टुँडिखेलमा सरकारले आयोजना गरिएको विशेष कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले कवाज प्रदर्शन गरेका थिए। त्यसैगरी विभिन्न समुदायले पनि आ-आफ्ना सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरेका थिए।