होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीनवटा विधेयक फिर्ता लिन माग गरेको छ । कांग्रेसले मिडिया काउन्सिलसम्बन्धि विधेयक, मानव अधिकारसम्बन्धि विधेयक र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई तीनवटै विधेयक संविधान प्रतिकूल रहेका कारण फिर्ता लिन माग गर्ने निर्णय गरेको हो । कांग्रेसले विधेयक फिर्ता नगरे सदन र सडकबाट शक्ति परिचालन गर्ने चेतावनी पनि दिएको छ ।