ट्रेण्डिङ

होमपेज / राजनीति

अपेक्षा गरेअनुसारको विकास बजेट खर्च नहुने

नेपालगाथा २०७६ बैशाख ३० गते सोमबार ११:४४:५४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले अपेक्षा गरेअनुसारको विकास बजेट खर्च नहुने अनुमान गरेको छ। संरचना निर्माण नहुनु र कर्मचारी अभावले बजेट कार्यान्वयनमा चुनौती आएको कर्णाली प्रदेश सरकारको प्रवक्ता विमला केसीले बताइन्। विकासको मेरुदण्ड मानिएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको १० अर्ब बजेट पनि प्राविधिक कर्मचारीको अभावले कार्यान्वयनमा आउन नसक्दा खर्च प्रतिशत नबढेको उनकाे भनाइ छ।

'सरकार बजेट कार्यान्वयनको विशेष चरणमा आउँदै गर्दा कर्मचारी समायोजन भयो', मन्त्री केसीले भनिन्, 'यसले बामे सर्दै उठेर हिँड्ने बेलाको कर्णाली प्रदेश सरकारलाई निमोनिया बनायो।' उनले अहिले सामाजिक, कृषि र पर्यटन मन्त्रालयको काम तीव्र गतिमा भइरहेको तथापि अनुगमन नगर्दा भुक्तानी रोकिएकाले खर्च प्रतिशत नदेखिएको पनि केसीको भनाइ रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top