होमपेज / राजनीति

१४७ सदस्यीय नेकपाको पोलिटब्युरो टुंगियो

पूर्वएमाले र माओवादीबाट को-को परे ?

नेपाल गाथा २०७६ बैशाख २८ गते शनिबार ०६:५३:५० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणबाट फर्किएपछि बैठक बसेर नाम पारित गरिने जनाईएको छ ।

यसैबिच नेकपाको विधानमा कम्तिमा दुई कार्यकाल केन्द्रीय सदस्य भएकालाई मात्र पोलिटब्युरो सदस्य बनाउने व्यवस्था रहेकाले केही प्रदेश कमिटीका सचिव पोलिटब्युरो सदस्य बन्न पाएनन् । वरिष्ठताका आधारमा पोलिटव्यूरो सदस्य छान्दा प्रदेश कमिटीका कतिपय पदाधिकारी पनि समेटिन नसकेको बताईएको छ ।

पूर्वमाओवादीमा भने कुनै मापदण्डले काम नगर्ने भएकाले तत्कालीन ९९ सदस्यीय सचिवालयका सदस्यमध्येबाट ६५ जना सदस्य छानिने छन् ।

यस्तै नेकपाका केन्द्रीय सदस्यहरुको कार्य विभाजन समेत प्रस्ताव गर्न लागिएको छ । कार्य विभाजन नहुँदा सांगठनिक काम हुन नपाएको तथा पार्टी कामले गति नलिएकाले कार्य विभाजन गर्न लागिएको हो ।

पूर्वएमालेबाट काे काे परे पोलिटब्युरो सदस्यमा

साबिक एमालेबाट तत्कालीन पोलिटव्यूरको ५९ जना सदस्यबाहेक २३ जना नयाँ थपिने सम्भावना छ । केन्द्रीय सचिवालयमा रहेका नेताहरु केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र बिष्णु पौडेल स्वत पोलिटव्यूरो सदस्य हुनेछन् ।

त्यस्तै स्थायी कमिटीमा रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, बेदुराम भुसाल र बिष्णु रिमाल पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।

अनुशासन आयोग, सल्लाहकार परिषद र लेखापरीक्षण आयोगका अध्यक्षहरु अमृत बोहोरा, केशव बडाल र पुष्प कँडले पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।

तत्कालीन एमालेको पोलिटव्यूरो सदस्य रहेका प्रदीप नेपाल, शेरधन राई, काशिनाथ अधिकारी, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रवहादुर पाण्डे नेकपामा पनि पोलिटव्यूरो हुनेछन् ।

त्यस्तै यमलाल कँडेल, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, बिजय पौडेल, श्रीमाया थकाली, कर्णवहादुर थापा, गोकुल घर्ती, गोरखवहादुर बोगटी, गौरा कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादुर गुरुङ, दलवहादुर राना, वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, सत्रुघन महतो पोलिटव्यूरो सदस्य हुनेछन् ।

यी बाहेक पूर्वएमालेबाट बढीमा २३ जना सदस्य थपिनेछन् । दुईपटक भन्दा बढी केन्द्रीय सदस्य भइसकेका र पाँचौँ महाधिवेशनकै केन्द्रीय सदस्य भए पनि हालसम्म पोलिटब्यूरोमा नपुगेहरुमध्येबाट ल्याउने सहमति नेताहरुबीच भएको छ । यसअघि पोलिटब्युरो सदस्य भएका, तर नवौं महाधिवेशनमा हारेकाहरु पनि सो मापदण्डमा परेका छन् ।

नेकपामा ०४९ सालअघि नै केन्द्रीय सदस्य भइसकेका घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, नरेश खरेल यसपटक पोलिटव्यूरोको सूचीमा परेका छन् । त्यस्तै यसअघि पोलिटव्यूरो सदस्य भएका तर एमालेको नवौं महाधिवेशनमा हारेका खगराज अघिकारी, कृष्णगोपाल श्रेष्ठ र धर्मनाथ साह पनि यसपटक पोलिटब्युरोमा प्रस्तावित छन् ।

यी बाहेक दुईपटक वा सो भन्दा बढी केन्द्रीय सदस्य भएकामध्येबाट कृष्णगोपाल श्रेष्ठ,गुरु बराल,भानुभक्त जोशी,बिजय सुब्बा, केशवलाल श्रेष्ठ, रामचन्द्र यादव, शेरवहादुर तामाङ, राजेन्द्र राई, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, जयन्ती राई, चूणामणि जंगली विश्वकर्मा, सुशीला नेपाल लगायतको नाम पनि पेश भएको छ ।

स्रोतका अनुसार डा।राजन भट्टराई, खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, गोमा देवकोटा, श्रीप्रसाद साह, चन्द्रवहादुर शाही, सुजिता शक्य, नजिर मिया लगायतका नेताहरुको नाममा पनि छलफल भएको छ ।

पोलिटब्यूरो सदस्य रहने सदस्यहरुको नामबारेमा एकसरो छलफल भए पनि अन्तिम टुंगो भने लागिनसकेको महासचिव पौडेलले बताए ।

पूर्वमाओवादीबाट काे काे परे पोलिटब्युरो सदस्यमा

पूर्वमाओवादीबाट ६२ जना पोलिटव्यूरो सदस्यमध्ये हाल स्थायी कमिटी तथा सचिवालयमा रहेका १९ जना स्वतः पर्नेछन् । अरु नेताहरुलाई समेट्नेबारेमा प्रचण्डले छलफल छलफल गरेर तत्कालीन ९९ सदस्यीय सचिवालयभित्रबाट छानेका छन् ।

सचिवालय र स्थायी कमिटीमा रहेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापाा बदल, टोपवहादुर रायमाझी, अमिक शेरचन, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, देव गुरुङ, गणेश शाह पोलिटव्यूरो सदस्य हुनेछन् ।

त्यस्तै पम्फा भुसाल, लिलामणी पोखरेल, मातृका यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, राम कार्की, हितमान शाक्य, चक्रपाणि खनाल, मणि थापा, जयपुरी घर्ती, नारायण शर्मा, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीनानाथ शर्मा र तिलक परियार पनि पोलिटब्यूरो सदस्य हुँदैछन् ।

त्यसैगरी पूर्वमाओवादीबाट हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, श्रीराम ढकाल, उर्मिला अर्याल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, नारायण दाहाल, पासाङ शेर्पा, परशुराम तामाङ, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कमला रोक्का, झक्कु सुवेदी, सुरेश आलेमगर, महेश्वर दाहाल, सुर्य सुवेदी पथिक, अमृता थापा, कमल चौलागाई पनि पोलिटव्युरोमा प्रस्तावित छन् ।

यीबाहेक कालिबहादुर मल्ल, जोखबहादुर महरा, गणेशमान पुन, हरिराज अधिकारी, टंक आङ्बुहाङ, सुरेशुकमार राई, महेश्वर गहतराज, अञ्जना विशंखे, कृष्णध्वज खड्का, शिवकुमार मण्डल लगायतका नेता तत्कालीन माओवादीबाट पोलिटब्यूरो सदस्य बन्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top