होमपेज / राजनीति

विपक्षीलाई गालि गलौच गर्नकालागि जागरण अभियानको उदेश्य हाेइन : जिवनबहादुर शाही

नेपाल गाथा २०७६ बैशाख २५ गते बुधबार १६:१०:०३ मा प्रकाशित

सुर्खेत । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बुधवारदेखि सुर्खेतसहित देशभर हिमाल,‘पहाड, तराई– मधेस राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सबै जिल्ला, क्षेत्र, गाउँ नगरसम्म विस्तारित हुने जागरण अभियान तीन चरणमा सञ्चालन हुने कांग्रेसले जनाएको छ । अभियान अन्र्तगत बुधवार वीरेन्द्रनगर स्थित कांगे्रस पार्टी कार्यालय उद्धघाट्न गरिएको छ । पार्टीको केन्द्रिय कार्यक्रम अन्र्तगत कांगे्रस केन्द्रिय कोषाध्यक्ष सितादेवी यादवले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अभियानको उद्धघाट्न गरिन ।

अभियानको उद्धघाट्न गर्दै कोषाध्यक्ष यादवले सबै कांग्रेसहरु उकजुट हुनुपर्नेमा जोड दिईन । उनले बर्तमान कम्युनिष्टको २ तिहाई सरकारले गरेका नराम्रा कार्यहरुको जनतामाझा पु¥याउने र कांगे्रसलाई पुरानै धारमा फर्काउन गाउँगाउँसम्म पुग्ने उदेश्यले कार्यक्रको तयारी गरिएको प्रष्ट पारिन । यादवले सरकारका प्रधानमन्त्रीले नै सम्मानित संसदमा कांगे्रसलाई हेपेर बोलेका शब्द आफु व्यक्तिगत रुपमा निकै दुखि भएको बताईन ।

कांगे्रसको ७ दशकको ईतिहासलाई मेटाउने उदेश्यले कम्युनिष्ट सरकारले खेल खेलेको भन्दै उनले सबै कांग्रेसहरु सचेत रहनुपर्ने बताईन । उनले पार्टीभित्रको गुटलाई अन्त्य गरी आउदो चुनावमा फेरी पुरानै शक्तिमा आउनेगरी लाग्न सबैमा आग्रह गरिन । अभियानकै क्रममा कांग्रेस केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश कांगे्रस संसदीय दलका नेता जिवनबहादुर शाहीले विपक्षीलाई गालि गलौच गर्नकालागि जागरण अभियानको उदेश्य नभएको प्रष्ट पारे ।

पुर्व पर्यटनमन्त्री समेत रहेका शाहीले कम्युनिष्टलाई गाली गर्ने नभई कांगे्रस पार्टीलार्ई पुर्नताजकी दिनु नै अभियानको उदेश्य रहेको बताए । गाउँगाउँसम्म पुगेर भाषण गर्ने नभई जनताका समस्या, गुनासा, र अपेक्षाहरु समेट्ने उनले बताए । नेता शाहीले कांग्रेसले गरेका राम्रा कार्यहरु जनतासम्म पु¥याउने , कम्युनिष्ट सरकारका नराम्रा कार्यहरुको पर्दाफास गर्ने बताए ।

यसैबिच जागरण असभयान अन्र्तगत कांगे्रसले सुर्खेतका ९ वटै स्थानिय कार्यक्रम गर्ने जनाउको छ । यहि २९ गते सिम्ता गाउँपालिकाको राकम ,३० गते गुर्भाकोट नगरपालिकाको मेहेलकुना र जेठ २ गते भेरीगंगा नगरपालिकाको छिन्चुमा कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ । यस्तै लेकबेशि नगरपालिकाको कल्यानमा जेठ ३ गते, चिङ्गगाडको अवचिङमा जेठ ६ गते,चौकुनेको गुटुमा ९ गते, पन्चपुरीको बावियाचौमा १० गर्ने निर्णय गरेको छ ।

तेस्तै बराहतालको बडिचौरमा जेठ २० गते कार्यक्रमहुने छ भने बीरेन्द्रनगरमा भने कहिले गर्ने भनने विषयमा छलफल भैरहेको कांग्रेस जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मीले जानकारी दिए । २५ गते पुनः पार्टी कार्यलयमा कार्यक्रम गरेर पहिलो चरणको जागरण अभियान समापन गरिने सभापती रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top