ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारको नीति तथा कार्यक्रम आज पारित हुँदै

नेपालगाथा २०७६ बैशाख २४ गते मंगलबार ११:५०:२३ मा प्रकाशित

काठमाडौं । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पारित हुँदैछ। आइतबार सुरु भएको छलफल मंगलबार नै सक्ने रनीति तथा कार्यक्रम पारित गर्ने तयारी भएको संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयाे । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसाे १ बजे बस्ने कार्यसूची रहेकाे छ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन्। संसद् बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा‍. कुन्दन अर्यालले जानकारी दिए।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको सत्तारुढ दलले बचाउ गरेका छन् भने प्रतिपक्षी दलले झुटको पुलिन्दा भएको भन्दै यसको औचित्य नरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top