ट्रेण्डिङ

होमपेज / राजनीति

मेयरकै समर्थनमा अनिश्चितकालीन विराटनगर बन्द

नेपालगाथा २०७६ बैशाख २३ गते सोमबार १३:१७:२८ मा प्रकाशित

प्रदेश १ को राजधानी र सम्पूर्ण कार्यालय विराटनगरमै हुनु पर्ने माग राखेर सोमबारदेखि अनिश्चितकालीन विराटनगर बन्द आयोजना गरिएको छ। महानगरपालिकाका मेयर भीम पराजुलीको समेत  समर्थनमा भएको उक्त बन्दले विराटनगर क्षेत्रबाट छोटो तथा लामो दूरीका सवारी चल्न पाएका छैनन् भने उद्योग, कलकारखाना, बजार पसल बन्द भएका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश संसदीय दलले विराटनगरलाई प्रदेश राजधानी तोक्ने र प्रदेश कार्यपालिका र व्यवस्थापिकाका कार्यालयहरू गोठगाउँ, इटहरीलगायत स्थानमा राख्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेपछि विराटनगर बन्द गरिएको हो।

‘उहाँहरूको अव्यवहारिक र हाँस्यास्पद कुरा स्वीकार्य छैन भनेर  नगरवासीले स्वत:स्फुर्त रूपमा बन्द गरेका हुन्। नागरिकका हिसाबमा यसमा मेरो पनि समर्थन छ,’ मेयर पराजुलीले भने, ‘ती कार्यालयलाई जग्गा चाहिन्छ भने महानगर दिन तयार छ। तर एक ठाउँमा कार्यापालिका हुने अर्को ठाउँमा व्यवस्थापिका हुने कुरा स्वीकार्य छैन।’ उनले बन्द गर्न समिति नै बनेको र त्यसमा नागरिक समाज, सत्तारूढ नेकपा र समाजवादी फोरमका नेता कार्यकर्ता पनि सहभागी भएको दाबी गरे। विराटनगरमा नै सबै कार्यालय राख्ने गरी प्रस्ताव नआएसम्म बन्द जारी रहने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top