ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति भण्डारी एक दिनअघि नै स्वदेश फिर्ता

नेपालगाथा २०७६ बैशाख १८ गते बुधबार ११:४६:०७ मा प्रकाशित

काठमाडौं । नौ दिने चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिनअगावै स्वेदश फर्किएकी हुन्। हाई अल्टिच्युडका कारण स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी एक दिनअगावै स्वदेश फिर्ता भएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिए। राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन्।  पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपति बिहीबार स्वदेश फर्कने कार्यक्रम तय भएको थियो।

मंगलबार ल्हासा पुगेकी राष्ट्रपति भण्डारी ल्हासाबाट सोझै काठमाडौं आएकी हुन्। उनलाई स्वागत गर्न प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका थिए। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भइन्। उनले चिनियाँ समकक्षी सि जिनपिङसँग दुईपक्षीय भेटवार्ता समेत गरेकी थिइन्। भेटकै अवसरमा दुई देशबीच पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top