ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी चिनफिङले गरे स्वागत

नेपालगाथा २०७६ बैशाख १७ गते मंगलबार ११:२६:३२ मा प्रकाशित

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका छन्। उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो। राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो।

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो। भण्डारीले सेनाको एक समूहको अवलोकन पनि गरिन्। सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए। उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top