ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा विप्लव पार्टिको सदस्यता नभएको कुरा विज्ञप्ती मार्फत अवगत

नेपालगाथा २०७६ बैशाख १५ गते आइतबार १८:४६:०६ मा प्रकाशित

दुर्गा वि .सी, सल्यान। सल्यानको पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिका वडा ४, ५ निवासी रविन वि.क.सँगै छविलाल वि.क.ले आफुहरु विप्लव पार्टिको सदस्य नभएको भन्दै प्रेस विज्ञप्ति निकालेर जानकारी दिएका छन् । दुवै जना सल्लीवजारमा काष्ठ उद्योगको व्यापारी भएको र अन्य कुनैले रिसिवीका कारण विप्लव पार्टिलाई सहयोग गरेको भनेर प्रहरिलाई जानकारी दिए पछि उनिहरु दुवै जनाले विगतमा नेकपा माओवादि पार्टि विभाजन भए पश्चात मोहन वैद्य नेतृत्वमा रहेको पार्टिमा रहेकाे जनाएका छन् ।  हाल उनीहरु पार्टि एकिकरणसँगै माओवादि केन्द्र हुदै नेकपा–पार्टिको एकता पछि नेपाल कम्युनिष्ट पार्टि (नेकपा ) सदस्य रहेको कुरा अवगत गराएका छन् ।

साथै नेकपा विप्लव पार्टिको गतिवीधि प्रति पुर्ण असहमत रहेको र उक्त पार्टिको कुनै पनि गतिवीधी तथा क्रियाकलापमा संलग्न नरहेको कुरा उल्लेख गरिएको छ । आफुहरु प्रति पर्न गएको भ्रम र आंशाका माथि दुख व्यक्त गर्दै राज्य विरुद्ध हुने कुनै पनि क्रियाकलाप तथा गतिविधीमा आफुहरुलाई जोडर शंका नगर्न सम्बन्धित सरोकारवाला निकाय सवै संघ संस्था सर्वसाधारण प्रति प्रेस विज्ञप्ती मार्फत विश्वास दिलाउने कुरा अवगत गराएको छ ।

प्रेस विज्ञप्ती

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top