ट्रेण्डिङ

होमपेज / राजनीति

प्रियंका गान्धी वाड्राले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तीव्र शाब्दिक

नेपालगाथा २०७६ बैशाख ११ गते बुधबार १५:३८:०६ मा प्रकाशित

काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तीव्र शाब्दिक आक्रमण गरेकी छन् । उत्तर प्रदेशको फतेहपुर सिकरीमा प्रियंकाले प्रधानमन्त्रीका आधीभन्दा बढी भाषण गान्धी परिवारमा केन्द्रित रहने र उनले नेहरुजी तथा इन्दिराजीको कुरा मात्र गर्ने बताए । लोकसभा चुनावको चौथो चरणको प्रचार जारी छ । त्यसक्रममा प्रियंका चुनावी सभा गर्न फतेहपुर पुगेकी हुन् । प्रियंकाले भनिन्, ‘उनको ५० प्रतिशत भाषण हेर्नुस् ।

त्यसमा उनले नेहरुजीले यस्तो गरे, इन्दिराजीले यस्तो गरिन् भनिरहेका हुन्छन् । आफूले पाँच वर्षमा के गरें त्यो भन्दैनन् ।’लोकसभा निर्वाचनको चौथो चरणमा उत्तर प्रदेशमा १३ सीटमा मतदान हुँदैछ । प्रियंकाले बनारसबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लड्ने बताइरहेकी थिइन् तर कांग्रेस अध्यक्ष राहुल गान्धीले त्यसलाई अस्वीकार गरिदिए । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top