ट्रेण्डिङ

होमपेज / राजनीति

विद्यादेवी भण्डारी चीन जाँदै

नेपालगाथा २०७६ बैशाख ११ गते बुधबार ११:२७:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी भ्रमणका लागि बुधबार चीन जाँदैछिन् । बेइजिङमा दोस्रोपटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति चीन जान लागेकी हुन् । उनी बिहान १० बजे शीतल निवासबाट अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्नेछिन् । शितलनिवासबाट भाटभटेनी, ल्होत्से चोक हुँदै एयरपोर्ट पुग्ने सवारीको रुट निर्धारण गरिएको छ ।

उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे सियान हुँदै बेइजिङतर्फ उड्नेछिन् । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी हुनेछन् । चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top