ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा पुनः मृगेन्द्र श्रेष्ठ

नेपालगाथा २०७६ बैशाख १० गते मंगलबार १३:४३:३२ मा प्रकाशित

काठमाडौं । नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा पुनः मृगेन्द्र मेहर श्रेष्ठ विजयी भएका छन् । पोखरामा सम्पन्न भएको १३औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अधिवेशनबाट केन्द्रीय वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल, केन्द्रीय उपाध्यक्षहरुमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल निर्वाचित भएका छन् ।

केन्द्रीय महासचिवमा रामचन्द्र शर्मा, केन्द्रीय कोषाध्यक्षमा सम्राट मान जोशी, केन्द्रीय सचिवमा यामनाथ पौडेल, केन्द्रीय उपकोषाध्यक्षमा श्रीधर खनाल निर्वाचित भएको संघले जनाएको छ । केन्द्रीय सदस्यहरुमा आयाततर्फ श्रृजनकुमार भट्टराई, थोकतर्फ गयाप्रसाद कुश्मी र परमानन्द रावत, खुद्रातर्फ टंकप्रसाद अधिकारी र ललितानन्द जोशी, महिला सदस्यमा शर्मिला शाक्य र खुला सदस्यहरुमा कृष्ण रोकाय, प्रकाशकुमार श्रेष्ठ, कविराज कँडेल र मुकुन्दकृष्ण श्रेष्ठ निर्वाचित भए ।

औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा गएसँगै पहिलोपटक राष्ट्रिय अधिवेशन भएको हो । अधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top