ट्रेण्डिङ

होमपेज / राजनीति

चालु आर्थिक बर्षको बजेट खर्च गर्न नसकिने : मन्त्री खत्री

नेपालगाथा २०७६ बैशाख ८ गते आइतबार १४:१२:४६ मा प्रकाशित

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क बहादुर खत्रीले चालु आर्थिक बर्षको बजेट खर्च गर्न नसकिने बताउनुभएको छ । कर्मचारीको अभाव र आवश्यक कानुनको अभावमा विकासे बजेट खर्च हुने अवस्था नरहेको मन्त्री खत्रीको भनाई छ । चिङ्गाड एकता समाज सुर्खेतले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री खत्रीले कर्णाली प्रदेशका स्थायी बसोबास भएका कर्मचारीले पनि कर्मचारी समायोजनामा कर्णाली प्रदेशलाई नरोजेको भन्दै असन्तुष्टी व्यक्त गर्नु भयो ।

उहाले संघिय सरकारले चाहिने कानुन नबनाउदा प्रदेश सरकारले कानुन बनाउन नसकेको जसका कारण बजेट कार्यन्वयनमा समस्या भएको बताउनुभयो । संघिय राजधानी सुर्खेतको विकट क्षेत्र चिङ्गाडलाई कसैले पनि नहेरेको र नजर पनि नगएको भन्दै विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सुर्खेतले नै चिन्न नसकेको क्षेत्र चिङ्गाड भएको भन्दै यूवाहरले हरेक ठाँउमा खबरदारी गर्नु पर्ने उहाको भनाई थियो ।

मन्त्री खत्रीले चिङ्गाडका समस्यालाई लिपीवद्ध गर्न आवश्यक रहेको भन्दै सोही अनुसार योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।चिङ्गाडलाई सडक सञ्जालले जोड्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री खत्रीले चिङ्गाड एकता समाजसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिुनयभयो । चिङ्गाड गाँउपालीकाका अध्यक्ष देव वहादुर चन्दले विकासका लागि प्रदेश सरकार र स्थानीय तह बिच समन्वय हुन आवश्यक रहेकोमा जोड दिनु भयो ।

प्रदेशसरकारका आफ्ना समस्याका कारण विकसमा समन्वय हुन नसकेको भन्दै समन्वय र सहकार्यका लागि सधै तयार रहेको बताउनुभयो । एनजिओ आईएनजिओले गाँउपालिका संग मिलेर काम गर्न नचाहेको र काम राम्रो संग नगरेको समेत चन्दले बताउनुभयो । गाँउपालीकाको योजना विना काम चलाउ तरिकाले काम गर्न नदिएकाले पनि संस्थाहरु पालिकामा आउन नचाहेको पनि अध्यक्ष चन्दको भनाई छ ।

एकता समाजले सबै विचार क्षेत्र समेटेर जानुपर्ने भन्दै चन्दले विकासका लागि समाजसंग सकारात्मक सोचका साथ हातेमालो गर्न तयार रहेको जानकारी दिनुभयो । नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य कृष्ण जिसी जितेन्द्रले गाँपालिकाको विकासका लागि बाहिरका मानिस आकर्षित गर्ने खालका कार्यक्रम बनाउन जरुरी रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि जिम्मावारीमा रहेका जनप्रतिनिधिले काम गर्नु पर्ने भन्दै विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

साथै उहाले चिङ्गाडक्षेत्रमा लगानी भित्रयाउन सबैको पहल आवश्यक रहेकोमा जोड दिनु भयो । यसैगरी चिङ्गाड ग्रामिण विद्युत सहकारी अध्यक्ष जीत बहादुर रानाले चिङ्गाड क्षेत्रमा छिट्टै बत्ति बल्ने गरी सहकारीले पहल गरिरहेको भन्दै सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा चिङ्गाड विद्यार्थी नेताहरु हरी प्रसाद शर्मा,महेश जिसी, बुद्धिजिवी तुलसिं राना, उद्योग बायिाज्य संघ चिङ्गाडका अध्यक्ष डोर प्रसाद शर्मा ,हरी खड्का लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top