ट्रेण्डिङ

होमपेज / राजनीति

बारा र पर्साका हावाहुरी पीडितलार्इ नयाँ शक्ति पार्टीले ५ लाख रुपैयाँ सहयोग

नेपालगाथा २०७५ चैत्र २१ गते बिहीबार १६:३२:०० मा प्रकाशित

काठमाडौं । बारा र पर्साका हावाहुरी पीडितको सहयोगका लागि नयाँ शक्ति पार्टीले ५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई हस्तान्तरण गरेका छन् । नयाँ शक्तिले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो ।

यसअघि हावाहुरी पीडितलाई संयोजक डा.भट्टराईले व्यक्तिगत रुपमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका थिए । भट्टराईले हावाहुरी पीडितलाई सहयोग गर्दा औपचारिक संयन्त्रमार्फत नै गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top