होमपेज / राजनीति
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र न.२ बाटनिर्वा्चित प्रतिनिधि सभा सदस्य सांसद नवराज रावतले जनप्रतिनिधिलार्इ समयकाे महत्व बुझ्दै विकाश निमार्णमा लाग्न अाग्रह गरेका छन् । चिया पसलको गफमा नलागि काम प्रति निर्धारक भई काम गर्न आग्रह गरेका छन। विहीबार पश्चिम सुर्खेत पञ्चपुरी नगरपालिकामा जनतासंगको भेटघाट तथा परामर्श कार्यक्रम उक्त कुरा बताएका हुन् । रावतले संघबाट हुने सबै कामहरू छिटो अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय गौरवको योजना मदन भण्डारी राजमार्ग बड्डिचौर —वेनिघाटमा सुन्य प्रतिशत काम भएकोले आउँदो मंसिरमा टेण्डर पारि काम छिट्टै शुरू हुने र कैलालीको खक्रौला, जंगलघाट, राकम कर्णाली —हिल्सा जोडिने त्रिदेशिय सडक बारे आफ्नो निकै ध्यानर्कषण भएको बताउँनु भयाे । रावतले यहां कूनै बजेटको अभाव नभएको तर कामले गति लिन नसकेको बताऊदै स्थानीय तहमा भएका ठुला आयोजनालाई छिटो अगाडि बढाउन् संघमा घचघच्याउद्उँने बताए ।
विद्युत को ३३ केभि लाईनमा काम तीव्र नभएको र ठेकेदारले पटक—पटक आफुलाई छक्याईरहेको र पछिल्लो समय सम्पर्क नभएकोले छिट्टै ठेकेदारलाई कार्वाहीको दाहेरामा ल्याउने समेत बताउनु भयाे । कार्यक्रममा नगरपालिकाका सबै वडा अध्यक्षहरूले वडामा भएका समस्याहरू सांसद समक्ष प्रस्तुत गरेका थिए।
पञ्चपुरी नगरपालिकामा बसोबास गर्ने अधिकांश नागरिक एैलानी जग्गामा बसोबास गरेकोले हरेक कार्यमा नागरिकले दूख भोगिरहेकोले सांसदलाई संघमा आवाज उठाईदिन जनप्रतिनिधिले आग्रह गरेका थिए । “सिंह दरबारको अधिकार गाउगाउमा भनिएपनि वडातहंमा कर्मचारी अभाव भईरहेको गूंनासो समेत गरेका थिए।
नगरप्रमुख उपेन्द्र थापाले समृद्ध नगरपालिका बनाउन सबैको साझेदारी हुंन आवश्यक रहेको बताए। कर्णाली प्रदेश सरकारबाट छनोट भएका अधिकांश आयोजनाहरु बारे आफूहरू वेखवर भएको समेत उपस्थिति जनप्रतिनिधिको गुनासो रहेको थियो । अव रावतले बराहताल र वीरेन्द्रनगर नगरपालिकामा छलफल गर्ने तथा विभिन्न योजनाहरको शिलान्याससमेत गर्ने कार्यक्रम छ ।