ट्रेण्डिङ

होमपेज / राजनीति

बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

नेपालगाथा २०७५ चैत्र १९ गते मंगलबार १७:१२:३९ मा प्रकाशित

बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए । त्यसपछि उनी फेटा–६ बरैनिया पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top