ट्रेण्डिङ

होमपेज / राजनीति

हावाहुरी प्रभावितलाई कांग्रेसको थप १ लाख सहयोग

नेपालगाथा २०७५ चैत्र १९ गते मंगलबार १४:५८:३९ मा प्रकाशित

हेटौंडा । कांग्रेस प्रदेश ३ संसदीय दलको कार्यालयले बारा र पर्साका हावाहुरी प्रभावितलाई थप १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सभामार्फत् ३ दिनको तलब सहयोग गरिसकेका कांग्रेस सांसदहरूले थप एक लाख सहयोग गर्ने निर्णय गरेको दलले जनाएको छ । प्रदेश सभा ३ मा कांग्रेसका २१ सांसद छन् ।

यसअघि प्रदेश ३ सरकारले उक्त क्षेत्रमा आवास निर्माणका लागि १ करोड सहयोग गर्ने निर्णय गरिसकेको छ । प्रदेश सभा ३ ले आफ्ना १०९ सांसदबाट ३ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top