ट्रेण्डिङ

होमपेज / राजनीति

अमेरिका गएका प्रचण्ड दिउँसो ४ बजे काठमाडौं ओर्लिने

नेपालगाथा २०७५ चैत्र १४ गते बिहीबार १५:२९:०४ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार दिउँसो काठमाडौं आइपुग्दैछन् । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका प्रचण्ड दिउँसो ४ बजे काठमाडौं ओर्लिने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । बुधबार बिहान न्यूयोर्कबाट प्रस्थान गरेका प्रचण्ड आज आइपुग्न लागेका छन् । पत्नी सीताको उपचारका लागि प्रचण्ड ११ दिनअघि अमेरिका जानु भएकाे थियाे ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार सीताको वासिंटनस्थित मेडिस्टार अस्पताल र बरमिंघमस्थित युएबी अस्पतालमा उपचार गरिएको हो । उपचारमा संलग्न चिकित्सकहरूले सीताको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आउने बताएको उहाँ जानकारी दिनुभयाे ।

पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित हुनुहुन्थ्याे । उहाँलाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि उहाँलाई अमेरिका लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top