होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री प्रशासनिक सल्लाहकार रत्नबहादुर गाहा मगरले एक प्रेस विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्मले अाफ्नो चरित्र हत्या गरेकाे बताएका छन् । गाहा समाज कल्याण परिषदको कोषाध्यक्ष पदमा सेवारत रहँदाकाे विषयलार्इ लिएर केही सञ्चार माध्मले आफू माथि पूर्वाग्रही तरिका बाट समाचार प्रकाशन तथा प्रशारण गरेकाेमा खेद प्रकट गर्नुभएको छ ।
विस. २०६६ वैशाख ३ गते देखि २०६८ साल मंसिर १९ गते सम्म मात्र समाज कल्याण परिषदको कोषाध्यक्ष पदमा गाहा सेवारत हुनुहुन्थ्याे । विवादित भृकुटीमण्डप फनपार्क भाडामा दिने निर्णय अाफुले समाज कल्याण परिषद छोडेको ९ महिना ३ दिन पछि २०६९ भाद्र २० गते भएकोले राजनैतिक पुर्वाग्रहको आधारमा झुट्टा मुद्धा लगाईएको विज्ञप्ति मार्फत जनाउनुभएको छ ।
.jpg)