ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीको चेतावनी विप्लवलार्इ

नेपालगाथा २०७५ चैत्र ३ गते आइतबार १७:०५:३९ मा प्रकाशित

विराटनगर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विप्लव मा ओवादीले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने चेतावनी दिएका छन्। विराटनगर र कटहरी गाउँपालिकाको सीमानामा रहेको फलफूल तथा कृषि बजार उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाप्रति आक्रोश व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले विप्लव समूहले चन्दाका नाममा धम्क्याउने र लुटपाट गरिरहेको आरोप लगाए।

सरकारले यस्ता गतिविधि रोक्न प्रतिबन्ध लगाएपछि केही बुद्धिजीविले नकारात्मक टिप्पणी गरेको विषयमा आफूलाई त्यस्ता बुद्धिजीविप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ थियो। ‘हिंसात्मक र ध्वंसात्मक गतिविधि नियन्त्रणका लागि सरकारले चालेको कदमप्रति नकारात्मक टिप्पणी गर्ने बुद्धिजीविहरुप्रति दया लागेर आउँछ,’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रमा यस्तो तमासा गर्न पाइँदैन।’ प्रधानमन्त्री ओलीले चन्दाका नाममा धम्की आए नमान्न सबैलाई आग्रह पनि गरे।

विद्युत् आयोजनामा बम पड्काउने, टेलिकमका टावरमाथि बम पड्काउने जन्तीबसमा आगो लगाउने काम विप्लव माओवादीले गरिरहेको बताउँदै उनले विप्लवले बाटो नसच्याए सरकारले तह लगाउने पनि बताए। ‘सरकारले हतियार बुझाउन समायवधि दिएको छ,’ ओलीले भने, ‘समयमा हतियार नबुझाए, अटेरी गरे के गर्नुपर्छ सरकारलाई राम्रोसँग थाहा छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top