ट्रेण्डिङ

होमपेज / राजनीति

काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै एक नेताको हत्या

नेपालगाथा २०७५ चैत्र २ गते शनिबार १७:०४:२२ मा प्रकाशित

मध्यप्रदेश । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन्। बहुजन समाजवादी पार्टी ९बीएसपी०का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका छन्। मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उनी शुक्रबार मारिएको अधिकारीहरुले जनाएका छन्।

घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। मुद्दा दर्ता गरिएकामध्ये एक जना बीएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन्।  (रासस/एएनआई) ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top