ट्रेण्डिङ

होमपेज / राजनीति

कोमल र सरिताले उमेर ढल्किँदा पनि किन बिहे गरेनन् ?

नेपालगाथा २०७५ चैत्र २ गते शनिबार १६:४५:१५ मा प्रकाशित

काठमाडौं। राजनीतिसँग मायाप्रेम गासेका दुई महिला यौवन ढल्किने बेलासम्म बिहेका बारेमा सोच्ने मौका पाएका छैनन् । राजनीतिको खुड्कीलो उक्लँदा उक्लँदै उनीहरू राष्ट्रिय सभाको सदस्यमा पुगेका छन्– परस्पर पक्ष विपक्षको दलबाट । कोमल ओली, नेकपाबाट राष्ट्रिय सभा सदस्य हुन् भने सरिता प्रसाई नेपाली कांग्रेसकी सचेतक नै हुन् ।

दुवैको मतभेद राज्यका अनेक विधेयकदेखि निर्णयका विषयमा होला तर एउटा प्रश्नमा मतभेद गर्न सक्तैनन् कि ‘उमेर ढल्किँदा पनि किन बिहे नगरेको ?’ ओली गायिका पनि भएका कारण बिहेका सन्दर्भमा उनलाई निक्कै प्रश्न नउठेका होइनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै तत्कालिन एमालेमा छिरेकी उनको बिहेका सन्दर्भमा गीत पनि बजारमा आएका छन् ।

ओलीले बिहेका सन्दर्भमा प्रश्न उठ्दा भन्ने गरेकी छन्– कहिँ कतै त वर होला नि ! यस्तै, प्रसाईले बिहे नगर्ने भनेकी छैनन् । तर, बिहे गर्ने प्रकारको प्रेम फेला नपरेको खुलाएकी छन् । उनले भनेकी छन्,‘प्रेम त अनेकसँग पर्छ तर बिहे गर्ने खालको प्रेम भएको छैन ।’ प्रसाई नेपाली कांग्रेसको विद्यार्थी तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय भएर लागेकी हुन् ।

काम गर्ने क्रममा बिहेका बारेमा सोच्ने फुर्सद नपाएर होला, उनी अहिलेसम्म अविवाहित भएकी । राष्ट्रिय सभाका यी दुई सदस्यको बिहे कहिले होला ? राजनीतिक वृत्तका अन्यले पनि सोधिरहने साधारण प्रश्न बनिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top