ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत मा हुने

नेपालगाथा २०७५ फाल्गुण २३ गते बिहीबार १४:५१:५४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नयाँ विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  जानकारी दिनुभयाे । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने शर्माले बताउनुभयाे ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरूले बैठकमा भाग लिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top