होमपेज / राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताउनुभएकाे छ । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिनुभयाे ।
बुधबार संसदलाई सम्बोधन गर्दै भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताउनुभयाे । उहाले भन्नुभयाे, ‘दुनियाँ कराउँदै गर्छ तर, हाम्रो शान्ति प्रक्रिया आफैं ढंगको हो ।’
उहाले कसैलाई दण्डित गर्नुपर्छ भने माओवादीले बनाएको समानान्तर सरकार संयुक्त राष्ट्रिय जनपरिषद्को प्रमुखको नाताले आफूलाई दण्डित गर्न आग्रह गनुृभयाे । नयाँ शक्तिका संयाेजक भट्टराईले भद्न्न्भयाे, साँच्चै साथीहरुमा अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुस्, म दण्ड व्यहोर्न तयार छु ।