होमपेज / राजनीति
बम कर्नाटकका कांग्रेसका एक वरिष्ठ नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याका लागि आह्वान गरेको छन्। एक समारोहमा कांग्रेस नेता बेलूर गोपालकृष्णाले लोकतान्त्रिक पद्धतिबाट चुनिएका मोदीको हत्याको आह्वान गरेका हुन्। गोपालकृष्णको अभिव्यक्तिपछि कर्नाटक भाजपाले उनीलाई कार्वाहीका लागि प्रहरीलाई आग्रह गरेको छ। कर्नाटक भाजपाको आधिकारीक ट्विटर ह्याण्डमा कांग्रेस नेताको भिडियो राख्दै भनिएको छ, ‘देशको प्रधानमन्त्रीको हत्यामा उकास्ने राष्ट्रका लागि खतरा हो र हामी गृहमन्त्रालय र बेङ्लुरु प्रहरीसमक्ष तुरुन्त कारबाहीको लागि आग्रह गदैछौँ।’ कर्नाटक विधानसभा चुनावपछि गोपालकृष्णा भारतीय जनता पार्टी छोडेर कांग्रेसमा सामिल भएका थिए। जागरणका अनुसार शिवामोगा जिल्लामा निर्वाचन क्षेत्रको सिट नपाएपछि उनी भाजपासँग रिसाएका थिए। उनले कांग्रेस प्रवेश गरेपछि भाजपा झूठो पार्टी र इमान्दारका लागि केही कदर नगर्ने पार्टी भएको आरोप लगाएका थिए।थाहाबाट