होमपेज / राजनीति
प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इलामको माईनगरपालिकामा रहेको सुखानी शहीद उद्यानमा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी हुन मंगलबार इलाम आउँदैछन्। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड झापाको चन्द्रगढी विमानस्थल हुँदै इलाम र झापाको सीमावर्ती क्षेत्र सुखानीमा हुने कार्यक्रममा जाने भएकाले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा योजना बनाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।