ट्रेण्डिङ

होमपेज / राजनीति

जीप दुर्घटनामा परेर ज्यान गुमाएकाहरू प्रति प्रचण्डद्वारा श्रद्धान्जली व्यक्त

नेपालगाथा २०७५ फाल्गुण १८ गते शनिबार १६:२७:४३ मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको दुहुँ गाउँपालिकमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाएकाहरू प्रति श्रद्धान्जली व्यक्त गरेका छन्। दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जीप दुर्घटना हुँदा ११ जनाको निधन भएको थियो। '११ जनाको मृत्युको खबरले अत्यन्त मर्माहत भएको छु। उक्त दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु।' प्रचण्डद्वारा शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ। दुर्घटनामा परी निधन भएकाका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गर्दै नेपालका पहाडी भू–भागहरुमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनिकरण गर्न सम्बन्धित सबैमा पनि प्रचण्डले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top