ट्रेण्डिङ

होमपेज / राजनीति

श्रद्धाञ्जलिका लागि टुँडिखेल पुग्न थाले नेता

नेपालगाथा २०७५ फाल्गुण १६ गते बिहीबार १५:५९:०९ मा प्रकाशित

काठमाडौं । ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकै शव काठमाडौं ल्याइएको छ । ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टरमार्फत् शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

पोस्टमार्टमपछि टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिएर मात्र शव आफन्तको जिम्मा लगाउने तयारी भएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिएका छन् । श्रद्धाञ्जलिका लागि नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू टुँडिखेल पुग्ने क्रम शुरू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top