ट्रेण्डिङ

होमपेज / राजनीति

विकासतिर लम्किदै दैलेखको नौमुले

नेपालगाथा २०७५ फाल्गुण १६ गते बिहीबार १४:०८:३२ मा प्रकाशित

दैलेख । द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीको हेडक्वार्टर बनेको दैलेखको नौमुले शान्तिपछि विकासतिर लम्किएको छ । देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना, संघीयताको कार्यान्वयन र सिंहदरबारका अधिकार विकेन्द्रीकृत भएसँगै नौमुलेले विकासमा फड्को मारेको हो । जिल्लाका ११ ओटा स्थानीय तहमध्ये विकास निर्माणमा नौमुले अगाडि देखिएको छ । यो क्षेत्र आजभोलि हाइड्रोपावर हबको रूपमा विकसित हुँदै छ । लोहोरे खोलाबाट विद्युत् उत्पादन भई प्रयोगमा आएको छ भने दुईओटा हाइड्रोपावर निर्माणाधीन अवस्थामा छन् ।

द्वन्द्वकालमा ध्वस्त प्रहरी चौकी पुनर्निर्माण भएको छ । चार कोठासहित महिला र पुरुषका लागि दुई बेग्लाबेग्लै थुनुवा कक्षभित्रै इलाका प्रहरी प्रमुखका लागि छुट्टै निवास, अफिस र महिला सेलका लागि कोठाको व्यवस्था गरिएको छ । पछिल्लो समय नौमुलेमा विकासको क्रम बढेको स्थानीय पनि स्वीकार्छन् । सरकारी विद्यालय समेत बन्द गरेर ज्यान जोगाउन विदेशिएकाहरूले अहिले दुईओटा बोर्डिङ स्कूल सञ्चालन गरेका छन् ।

बजारीकरण बढेको छ भने घरजग्गाको मूल्य पनि आकाशिएको छ । बजार क्षेत्रको सडक पीभीसी गरिएको छ भने सदरमुकामबाट सीधा यातायात जोडिएको छ । त्यस्तै सुरक्षित प्रसूतिगृह निर्माण भएको छ । बढ्दो शहरीकरण र विकास निर्माणका कामले स्थानीयस्तरमै रोजगारी सृजना भएका छन् ।

सडकको स्तरोन्नति र नयाँ सडक निर्माणका लागि चालू आवमा १८ करोड छुट्ट्याइएको छ । यस्तै अल्लो प्रशोधन केन्द्रका लागि ७ लाख छुट्ट्याइएको छ । गाउँपालिकाको पहलमा पहाडी हातेकागजको उत्पादन थालिएको छ । ९ हेक्टरमा अलैंची, आलु पकेट क्षेत्र स्थापना गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

Top