ट्रेण्डिङ

होमपेज / राजनीति

पाकिस्तानले नेपालसँग आग्रह

नेपालगाथा २०७५ फाल्गुण १४ गते मंगलबार १२:०२:०२ मा प्रकाशित

काठमाडौं । पाकिस्तानले सार्कमा रचनात्मक भूमिका खेल्न नेपालसँग आग्रह गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शनिबार भएको टेलिफोन कुराकानीमा पाकिस्तानी समकक्षी खबदुम साह कुरेसीले यस्तो आग्रह गरेका हुन् । कुरेसीले सार्क क्षेत्रीय मुलुकहरुलाई एकसाथ बनाउने मञ्च भएकाले नेपालले अध्यक्ष मुलुकका हिसाबले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका थिए।

ज्ञवाली र कुरेसीबीच क्षेत्रीय शान्ति र सुरक्षाका विषयमा कुराकानी भएको छ । कुराकानीमा परराष्ट्रमन्त्री ज्ञवालीले क्षेत्रीय शान्ति र सुरक्षा सबैको प्रमुख जिम्मेवारी भएको बताएका थिए। कुरेसीले पाकिस्तानले छिमेकीसँगको सम्बन्धलाई महत्व दिने भन्दै पाकिस्तान शान्तिमा विश्वास गर्ने मुलुक भएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top