ट्रेण्डिङ

होमपेज / राजनीति

बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न स्थानियकाे माग

नेपालगाथा २०७५ फाल्गुण १३ गते सोमबार १४:०४:४१ मा प्रकाशित

बर्दिया । बर्दियालाई कर्णाली प्रदेशमा राखन माग गर्दै स्थानियले प्रदर्शन गरीरहेका छन् । प्रदेश नं ५ को राजधानी र प्रदेशको नामांकरण तोक्न बर्दिया पुगेको सुझाव संकलन समितिको टोलीको कार्यक्रम स्थल बाहिर स्थानियहरूले प्रर्दशन गरेका हुन् ।

बर्दिया जिल्ला हरेक दृष्टिकोणले कर्णाली प्रदेशमा गाभिन उचित भएको भन्दै सुझाव संकलन समितिले गरेको कार्यक्रममा बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउन माग गर्दै सभाहल बाहिर स्थानियले प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा उत्रियका स्थानिय बासिन्दाहरूले बर्दिया जिल्ला हरेक दृष्टिकोणबाट कर्णाली प्रदेशमा रहन उचित रहेकाले सुझाव समितिलाई दवाव दिनकालागि प्रर्दशन गरिएको स्थानिय अगुवा दिनेश प्रसाद श्रेष्ठले बताउनु भयो । उहाँले बर्दिया जिल्लालाई प्रदेश नं ५ मा राखेर राजनितकदलहरूले बर्दियाको विकास खोस्न खोजेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top