होमपेज / राजनीति
काठमाडौं । अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उप सहायक सचिव जोसेफ फेल्टरले सोमबार बिहान उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अमेरीकी सरकारको तर्फबाट प्रतिवद्धता जनाए।
सिहंदरबारस्थित रक्षामन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले नेपालको सुरक्षा प्रबन्धलाई व्यवस्थित गर्ने सन्र्दभका योजनालाई सहयोग पुर्याउन चाहेको र विगतको सहयोगी भूमिका लाई निरन्तरण दिने प्रतिवद्धता जनाएको उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले जानकारी दिए। भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा छलफल भएको छ।
विशेष गरेर नेपाल सरकारले अघि सारेको आर्थिक विकास र सम्मृद्धिको अभियानलाई सहयोग गर्न उपप्रधानमन्त्री पोख्रेलले आग्रह गरेका थिए। नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उप सहायक सचिव जोसेफ फेल्टरले प्रधानमन्त्रीसंग पनि भेट गर्ने कार्यक्रम रहेको उपप्रधानमन्त्री पोख्रेलले जानकारी दिएका छन्।