ट्रेण्डिङ

होमपेज / राजनीति

नेविसंघको झडपमा समाचार संकलनका लागि गएका पत्रकार घाइते

नेपालगाथा २०७५ फाल्गुण १२ गते आइतबार १५:०७:१६ मा प्रकाशित

काठमाडाैँ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको नेविसंघको दुई समूहबीचको झडपमा समाचार संकलनका लागि गएका पत्रकार घाइते भएका छन्। पत्रकार केशव सावदमाथि प्रहरीले लाठी प्रहार गरेको छ। आज पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको हो। पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ।

संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने। सिटौला समूह त्यसको विपरीत छ। संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी महामन्त्री निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

शाहलगायत विद्यार्थी समूहले अनुशासन कायम हुनुपर्ने माग गर्दै नाराबाजी गरिरहेको छ। विद्यार्थी नेता समूह शाह समूह तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद ल्याउनैपर्ने अडानमा छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top