होमपेज / राजनीति
काठमाडौं । सडक दुर्घटनामा परेर उपचारका क्रममा मृत्यु भएका प्रदेशसभाका सांसद उत्तरकुमार वलीको शवलाई नेकपा केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली व्यक्त गरिएको छ। श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विष्णुप्रसाद पौडेलले वली पार्टीका लागि योगदान दिने सक्रिय पार्टी नेता भएको बताए। उनी विशिष्ट पहिचान, सक्षम र सफल जनप्रतिनिधिको रुपमा छोटो समयमा पहिचान बनाउन सफल भएको पौडेलको भनाइ थियो।
उनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको पौडेलले सुनाए। मृतक ओलीलाई आजै हेलिकप्टरबाट गृहजिल्ला लगिने र नेकपा पार्टी कार्यालय तुलसीपुर दाङमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि दाहसंस्कार गरिने नेकपा केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले जानकारी दिए।
माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वली सवार कार र बस गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै दुर्घटनामा परेको थियो। सांसद ओलीको दुर्घटना भएको १६ दिनसम्म होस खुलेको थिएन। संसद बैठक सकेर दाङ फर्कँदै गर्दा कार र बस ठोक्किएको थियो। वली दाङ क्षेत्र नं. ३ 'ख'बाट निर्वाचित प्रदेश सांसद हुन्।