ट्रेण्डिङ

होमपेज / राजनीति

रामबहादुर थापालाई प्रश्न बमजनलाई किन पक्राउ नगरेको ?

नेपालगाथा २०७५ फाल्गुण ८ गते बुधबार १५:४५:४८ मा प्रकाशित

काठमाडौं । बुधबार राष्ट्रियसभा बैठकमा सांसद कोमल वलीले लिटिल बद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको धारणा मागेकी छन् । उनले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरिन् । ‘आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर स्वयं आएर सम्बन्धित युवतीहरुले, हाम्रा छोरीहरुले भन्दै आएको अवस्थामा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ?

उनलाई किन पक्रिएको छैन ?’ सांसद वलीले प्रश्न गरिन् । उनले प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनी प्रतिक्रिया दिएको विषयमा पनि गृहमन्त्रीसाग जवाफ मागिन् । जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रुपमा नलिएको बताए । ‘यो घटनालाई सरकारले हल्का रुपमा लिएको छैन,’ उनले भने गम्भीरतापूर्वक नै लिएको छ ।’

अहिले सरकारले बमजनमाथि छानबिन गरिरहेको पनि थापाले राष्ट्रियसभामा जानकारी गराए । ‘निश्चय पनि यो गम्भीर विषय हो, लिटिल बुद्धको विषयमा सरकारले आफ्नो तर्फबाट छानबिन गरिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top