ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री : ‘निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छाड्छौँ ’

नेपालगाथा २०७५ फाल्गुण ८ गते बुधबार १४:४९:५६ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्याको घटनाले नेपालको अन्तर्राष्ट्रिय तहमै अपमान भएको बताउनु भएकाे छ । उहाँले हत्यारा पत्ता लगाएरै छोड्ने दाबी दोहोऱ्याउदै गहिरो अनुसन्धान भइरहेको बताउनु भएकाे छ । ‘अनुमानका भरमा कसैलाई किटान गर्नु भएन, सम्पूर्ण प्रमाणहरू नष्ट गरिएको अनुसन्धानमा ढिलाइ भएको हो’। बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली ।

प्रधानमन्त्रीले बुधवार बिहान प्रदेशसभाको बैठकलाई सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नु भयाे ‘हाम्रा चेलीबेटीको बलात्कार र हत्या हुनु दर्दनाक तथा अत्यन्त पीडादायी घटना हो।’ सम्बोधनका क्रममा उहाँले नेकपाका विप्लव माओवादीतर्फ लक्षित गर्दै राजनीतिक आवरणमा हुने लुट, चन्दा आतङ्क, विकासमा अवरोध तथा हिंसात्मक गतिविधिमा कडाइका साथ नियन्त्रण गरिने बताउनु भएकाे छ ।

उहाँले भन्नु भयाे, ‘अब राजनीतिक क्रान्तिको बहानामा आतङ्क मच्चाउन पाइन्न।’प्रधानमन्त्री ओलीले राजावादीका गतिविधिहरू प्रतिगमनको अभिष्ट बोकेर धर्मका नाममा राजनीति भई रहेको सङ्केत गर्दै भन्नु भयाे,‘कसैले धर्मका नाममा राजनीति गरेर प्रतिगमन फर्काउने कल्पना नगरे हुन्छ।’ वंशका आधारमा राज्यको नेतृत्व गर्ने राजनीतिक व्यवस्थाको जरै उखेलिसकेको उहाँले बताउनु भयाे छ ।

उहाँले अगाडी भन्नु भयाे ‘विगतमा जे भयो, अब नेपाली समाजमा फाटो ल्याउने कुचेष्टा कसैले नगरे हुन्छ।’सुदूरपश्चिममा कायम रहेको छाउपडी परम्परा अन्त्य गर्न मुख्य योजनाका साथ अभियान सञ्चानल गर्न उहाँले आग्रह गर्नुभएकाे छ । बिप्लव माओवादीतर्फ लक्षित गर्दै राजनीतिक आवरणमा हुने लुट, चन्दा आतङ्क, विकासमा अवरोध तथा हिंसात्मक गतिविधिमा कडाइका साथ नियन्त्रण गरिने बताउनु भयाे ।

उहाँले भन्नु भयाे, ‘अब राजनीतिक क्रान्तिको बहानामा आतङ्क मच्चाउन पाइन्न।’ ‘अहिलेको समाजमा छाउपडी जस्तो कुपरम्परा लाजमर्दो विषय हो यसको अन्त्यका लागि व्यापक रूपमा अभियानहरू चलाउनुस् ।’ प्रधानमन्त्री ओलीले आफू अर्को पटक आउँदा सरकारले गरेको उपलब्धिहरूको हिसाब खोज्ने गरी आउने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top