ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले मनायो प्रजातन्त्र दिवस

नेपालगाथा २०७५ फाल्गुण ७ गते मंगलबार १३:२३:५९ मा प्रकाशित

काठमाडौं । आज ६९ औँ प्रजातन्त्र दिवस, २००७ साल फागुन ७ मा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाएकाे छ। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति विद्या भण्डारीले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना दिएकी छन्। सरकारले प्रजातन्त्र दिवसको दिन पारेर काठमाडौंको टुडिखेलमा एक भब्य कार्यक्रमको आयोजना गरिएकाे थियाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top