ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारको एक वर्ष निराशाजनक - विवेकशील साझा

नेपालगाथा २०७५ फाल्गुण ४ गते शनिबार १२:०५:४४ मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीले सरकारको एक वर्षे कार्यकाल निराशाजनक भएको निश्कर्ष निकालेको छ । विवेकशील साझाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी  एक वर्षको अवधिमा सरकारले बाटो पहिल्याउन नसकेको टिप्पणी गरेको हो । विकास र पूर्वाधार निर्माणमा अलम र चरम नैराश्य भएको साझा विवेकशीलले बताएको छ ।

भ्रष्टाचार चुलिएको, दण्डहीनताले प्रशय पाएको, अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक रहेको, निजी क्षेत्र र लगानीकर्तामा उत्साह नभएको विज्ञप्तिमा उल्लेख छ । सरकार लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण गरेको र वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डाेर्‍याउन कुटनैतिक चातुर्यतामा पटकपटक चुकेको विवेकशीलको बताएको छ ।

सरकार गठनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाईसहित पार्टीले सुझावसमेत दिएको छ । विगतको एकवर्षको गम्भीर समीक्षा गरी आगामी बाटो तय गर्न भन्दै विवेकशील साझाले प्रधानमन्त्री ओलीलाई अशोभनीय भाषा प्रयोग नगर्न र आलोचनालाई सकारात्मकरुपमा ग्रहण गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top