ट्रेण्डिङ

होमपेज / राजनीति

यस्तो रहयो कर्णाली सरकारको एक बर्ष (भिडियो सहित)

नेपालगाथा २०७५ फाल्गुण ३ गते शुक्रबार १८:५९:२० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकार निमार्ण भएको शुक्रबार (आज) एक बर्ष पुरा भएको छ । त्यसै अबरमा प्रदेश सरकारले शुक्रबार पत्रकार सम्मेलन मार्फत सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रगति विवरण सार्वजनिक गर्नु भएको हो ।

त्यस अवधिमा मन्त्रिपरिषद् बैठक हाल सम्म ४० पटक सम्पन्न भएको छ भने १८ वटा विधेयकहरु पारित भएका छन् । यस्तै आठ वटा विधेयकहरु प्रदेश सभामा पेस गर्न स्वीकृति गरिएको छ भने २४ वटा विभिन्न विषयका विधेयकहरु तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । यस्तै ३ वटा विधेयकहरु राजनीतिक समितिमा छलफलमा रहेका छन् ।

यस्तै २८ वटा नीति, नियमावली, कार्याविधि, मापदण्ड, आचारसंहिता तथा निर्देशिकाहरु स्वीकृत भई कार्यान्वयनमा आएको प्रदेश सरकारले जानकारी दिएको छ ।

माननीय मुख्यमन्त्रीज्यूद्वारा जारी मन्तब्य भिडियाे

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top